arrow

कोरोना : बेइजिङमा दर्जनौँ मेट्रो स्टेसन र बस मार्ग बन्द

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
beijing-station-metro.jpg

बेइजिङ। कोभिड फैलिने क्रम नरोकिएपछि बेइजिङमा दर्जनौँ मेट्रो स्टेसन र बस मार्गहरू बन्द गरिएका छन्। सांघाईका लाखौँ बासिन्दाहरू अझै एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कडा लकडाउनमा छन्।

चीनको राजधानी बेइजिङले ४० भन्दा बढी सबवे स्टेसनहरू र १५८ बस मार्गहरू बन्द गरेको सेवा प्रदायकहरूले बताएका छन्। बन्द गरिएका अधिकांश स्टेसनहरू र मार्गहरू बेइजिङको प्रकोपको केन्द्रबिन्दु चाओयाङ जिल्लाका रहेको एक्सप्रेस ट्रिब्युनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ