arrow

विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
srilanka-oil-crisis.jpg
फाइल तस्बिर

कोलम्बो। दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताएका छन्। देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसद्मा जानकारी दिएका छन्। तर सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको छ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल निस्कने गरेको र बुधवार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए।

श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ जसले गर्दा दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ। अर्थमन्त्री अली साब्रीले बुधवार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ