arrow

श्रीलङ्कामा राष्ट्रव्यापी कर्फ्यू, प्रधानमन्त्री राजापाक्षेको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
Mahinda RajapaksaGotabaya Rajapaksa.png

काठमाडौं । आर्थिक संकट बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिने प्रस्ताव गरेका छन् । उनले  सोमबार आफ्नो राजीनामा पत्र राष्ट्रपतिलाई पठाएका हुन् ।

एक श्रीलंकाली अधिकारीले रोयटर्सलाई भनेका छन्, 'प्रधानमन्त्रीले आफ्नो राजिनामाको पत्र राष्ट्रपतिलाई पठाउनुभएको छ ।' राष्ट्रपति गोटाबाया राजापाक्षे प्रधानमन्त्रीका भाइ हुन्। यस्तै कम्तिमा दुई क्याबिनेट मन्त्रीहरूले पनि आफ्नो राजीनामा घोषणा गरेको बताइएको छ ।

श्रीलङ्काका अधिकारीहरूले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाएका छन् । यस्तै सरकार समर्थक समूहहरूले गोटाबाया राजापाक्षको कार्यालय बाहिर प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि राजधानीमा सेना परिचालन समेत गरिएको छ । यसक्रममा कम्तिमा ७८ जना घाइते भएको बताइएको छ ।

महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनसक्छन् भन्ने कुरा आएपछि हिंसा भएको बताइएको छ । त्यसपछि अर्को सूचना  जारी नभएसम्म तत्काल प्रभावकारी हुने गरी देशव्यापी कर्फ्यू लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ