arrow

श्रीलंकामा कर्फ्यू: महिन्दा राजापाक्षेको ज्यान सेनाले जोगायो, मन्त्रिपरिषद् खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
sri-lanka-protest-sri-lanka.jpg

काठमाडौं । आर्थिक संकटमा डुबेको श्रीलंकामा वर्षौंदेखि सत्तामा राज गरिआएका राजापाक्षे भाइविरुद्ध आमनागरिकले गरिरहेको प्रदर्शनले उग्ररुप लिएको छ । सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । त्यससँगै मन्त्रिपरिषद् स्वतः खारेज भइसकेको छ ।

अहिले निर्वतमान प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षेले देश चलाइरहेका छन् । तर सोमबारदेखि चर्किएको हिंश्रक प्रदर्शनमा आधा दर्जन बढीको ज्यान गइसकेको छ भने दुई सय बढी घाइते भएका छन् । 

महिन्दा राजापाक्षेको सहित १२ बढी मन्त्रीको घर जलाइएको छ । प्रमुख विपक्षी राजनीतिज्ञहरुले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदा सर्वसाधारणको ज्यान गएको भन्दै महिन्दालाई गिरफ्तार गर्न माग गरिरहेका छन् ।

हजारौं प्रदर्शनकारीले मुख्य गेट तोडेर महिन्दा राजापाक्षेलाई कोलम्बोस्थित सरकारी निवासबाट बाहिर निकालेका छन् । प्रधानमन्त्रीको आधिकारिक टेम्पल ट्री निवासमा जबरजस्ती पसेका प्रदर्शनकारीहरूले मंगलबार मुख्य दुई तले भवनमा आक्रमण गर्ने प्रयास गरेका छन् ।  जहाँ राजापाक्षे आफ्नो परिवारसँग बसेका थिए ।

तर, सोही क्रममा सेनाले निर्वतमान प्रधानमन्त्री महिन्दा र उनको परिवारको उद्धार गरेको छ । सो घरको कम्पाउन्डमा कम्तिमा १० वटा पेट्रोल बम प्रहार गरिएको बताइएको छ ।

अहिले महिन्दालाई अज्ञात ठाउँमा सुरक्षाका लागि राखिएको बताइएको छ । वर्षौंदेखि सत्तामा राज जमाइरहेका राजापाक्षे भाइको यो कहालीलाग्दो पतन हो । तथापि श्रीलंका अहिले आर्थिक संकटमा छ । जसको आमनागरिकले लगाउने दोष पनि राजापाक्षे दाजुभाइमाथि छ ।

श्रीलंकामा सोमबारदेखि नै कर्फ्यू लगाइएको छ । तर त्यसको व्यापक उल्लंघन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ