arrow

श्रीलङ्का सङ्कट : सेना र प्रहरीलाई मिल्यो बिना कारण मान्छे पक्राउ गर्न सक्ने अधिकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
srilanka.PNG

काठमाडौं । श्रीलङ्काले पक्राउ पुर्जीबिना नै मान्छे पक्राउ गर्न आफ्नो सेना र पुलिसलाई मङ्गलवार आपत्कालीन शक्ति दिएको छ। प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा दिएपछि श्रीलङ्कामा चर्किएको हिंसामा सात जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएको दोस्रो दिन यस्तो कदम चालेको हो ।

श्रीलङ्का इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटसँग लडिरहेको बेला हजारौँ प्रदर्शनकारीहरूले सरकारी अधिकारीहरूमाथि आक्रमण गरेका छन् ।

नेता र राजनीतिज्ञहरूले गरेको भ्रष्टाचारकै कारण देश सङ्कटमा डुबेको भन्दै नागरिकहरूले रिसको झोकमा मन्त्रीका घरमा आगजनी गरेका छन् ।

हिंसा चर्किएकै बेला हिजो राजीनामा दिएका प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारले सेना र पुलिसलाई पक्राउ वारेन्ट बिना मानिसहरूलाई पक्राउ गर्न र सोधपुछ गर्न अधिकार दिएको हो ।

सरकारले मङ्गलवार राजपत्रमा सूचना जारी गर्दै सेनाले मानिसहरूलाई प्रहरीलाई सुम्पिनु अघि २४ घण्टासम्म थुनामा राख्न सक्ने बताएको छ । यस्तै निजी सवारी साधनहरू लगायतका निजी सम्पत्तिहरू बल प्रयोग गरेर खोजी गर्न सक्ने अधिकार समेत सरकारले सेना र प्रहरीलाई दिएको छ ।

विश्लेषकहरूले यो अधिकारको चरम दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ