- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधवार युरोपेली सुरक्षालाई सुदृढ गर्न स्वीडेन र फिनल्याण्डसँग नयाँ सम्झौता गर्न सहमत भएको बताएका छन् । सम्झौता अनुसार दुवै देशको सशस्त्र सेनालाई आक्रमणमा परेमा बेलायतले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
बुधवार जोनसनको स्विडेन र फिनल्याण्डको भ्रमणका क्रममा बेलायतले 'रक्षा र सुरक्षा सहयोगमा एक कदम-परिवर्तन' को रूपमा वर्णन गरेको नयाँ घोषणाहरूमा हस्ताक्षर गरेको हो।
'यो सम्झौताले भन्छ कि विपद्को घटनामा, वा हामी मध्ये कुनैमा आक्रमण भएको घटनामा, हामी सैन्य सहयोगसहित एक अर्काको सहयोग गर्नेछौँ,' जोनसनले भनेका छन् ।
स्टकहोममा जोनसनसँगको संयुक्त पत्रकार सम्मेलनमा स्विडेनी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले भनेकी छन्, 'पुटिन आफूले विभाजन ल्याउन सक्छु भन्ने सोचेका थिए, तर उनले त्यसको विपरीत हासिल गरेका छन्, हामी आज यहाँ पहिलेभन्दा धेरै एकजुट छौँ।'
हेलसिन्कीमा, फिनल्याण्डले नेटोमा सामेल भएर रुसलाई उक्साउने हो कि भनेर सोधिएको प्रश्नमा फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले सैन्य गठबन्धनको कुनै पनि निर्णयको लागि राष्ट्रपति पुटिनलाई दोष दिइने बताए । 'मेरो प्रतिक्रिया यो हुनेछ कि तपाईँको कारणले यो भयो, ऐना हेर्नुहोस्,' उनले भने।