arrow

उत्तर कोरियामा कोरोना महामारी: ६ जनाको मृत्यु, हजारौं क्वारेन्टिनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
north-korea-covid-death.jpg

काठमाडौं। उत्तर कोरियाले शुक्रबार  कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको र ३ लाख ५० हजारको उपचार भइरहेको बताएको छ ।

कोभिड-१९को प्रकोप फैलिएको स्वीकार गरेपछि पहिलो पटक उत्तर कोरियाले यस्तो आंकडा सार्वजनिक गरेको हो । यद्यपि उत्तर कोरियामा कोभिड-१९ प्रकोपबारे

वास्तविक स्थिति भने थाहा छैन । खाद्यान्नको अभाव रहेको मुलुकमा कोभिड १९को व्यवस्थापनका लागि परीक्षणदेखि उपचार सामग्रीको अभावमा स्थिति गम्भीर बन्न सक्ने चिन्ता गरिएको छ ।

उत्तरको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले अप्रिलको अन्त्यदेखि ज्वरो आएका तीन लाख ५० हजार बिरामीमध्ये एक लाख ६२ हजार दुई सयलाई निको भइसकेको बताएका छन् । 

बिहीबार मात्रै एक लाख ८० हजारमा ​​ज्वरोको लक्षण देखिएको र १ लाख ८७ हजार आठ सयलाई उपचारका लागि अलग्गै राखिएको बताइएको छ ।

मृत्यु भएका ६ जनामध्ये एक जना ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको पुष्टि भएको थियो । बिहीबारदेखि उत्तर कोरियाले देशव्यापाी लकडाउन लागू गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ