arrow

बङ्गलादेश सरकारद्वारा सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
bangladesh-map-dhaka.png
फाइल तस्बिर

ढाका। बङ्गलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक लगाएको छ। कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ।

यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याएको जनाएको छ। ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ। अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरू सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

यहाँको केन्द्रीय बैङ्कले बङ्गलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरू आयातमा पनि रोक लगाएको छ। यहाँको केन्द्रीय बैङ्कले आर्थिक सुधार र मितव्ययिता सम्बन्धी कार्यक्रमहरू ल्याएको थियो। सो कार्यक्रममा सरकारी अधिकारीहरूले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरूको आयातमा रोक लगाइएको छ।

यहाँको सरकारले वैदेशिक मुद्राको सञ्चित घट्दै गएको भन्दै यहाँ खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरू सामानहरूको आयातमा रोक लगाइएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ