- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। बेलायतका शीर्ष कूटनीतिज्ञले युक्रेनलाई रुसविरुद्ध लड्न थप अन्तर्राष्ट्रिय प्रयासहरू गर्न आह्वान गरेका छन्। बेलायती विदेश सचिवले युक्रेनलाई सहयोग गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब जारी राख्न आवश्यक रहेको बताएकी हुन् ।
बेलायती विदेश सचिव लिज ट्रसले शुक्रबार सात शक्तिशाली अर्थतन्त्रहरूको समूह जी७ का आफ्ना समकक्षहरूसँगको बैठकमा पत्रकारहरूसँग बोल्दै भनेकी छन्, 'यस समयमा हामीले युक्रेनलाई थप हतियार आपूर्ति गरेर र प्रतिबन्धहरू बढाएर भ्लादिमिर पुटिनमाथि दबाब जारी राख्नु धेरै महत्त्वपूर्ण छ।'
'स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न यस संकटको समयमा जी७को एकता महत्त्वपूर्ण छ,' उनले थपिन् ।