arrow

यौन हिंश्रकलाई कारबाही गर्न माग गर्दैै राजधानीमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
against-rape-10.jpg

काठमाडौं । बलात्कारीलाई कारबाहीको माग गर्दै आज राजधानीमा प्रदर्शन भएको छ । सामाजिक संजालमार्फत् एक किशोरीले आफूमाथि यौन हिंसा भएको भन्दै हिंंश्रकलाई कारबाहीको माग गरेपछि युवाहरुले उनको समथर्नमा शुक्रबार बिहान प्रदर्शन भएको हो ।

तर स्वतस्फूर्त रुपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न जाने अभियानमा रहेका युवायुवतीको समूहलाई प्रहरीले भाटभटेनीमै रोकेको थियो। उनीहरुले त्यहीँ पीडितलाई न्याय दिन माग गर्दै प्रदर्शन गरेका थिए । 

उनीहरुले कानून संशोधन गरेर्रै भए पनि हिंश्रकलाई कारबाही गर्न माग गरेका छन् । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एक वर्षे हदम्याद तोकिएको छ । तर अदालतले नजिरहरू पनि स्थापित गर्दै जाने अभ्यास भएकाले यो विषयलाई प्रहरी र सरकारी वकिल कार्यालयले सरकारवादी मुद्दाका रूपमा अघि बढाउनुपर्ने कानून व्यवसायीहरूको सुझाव छ ।

गत बुधबार आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । 

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छिन् । 

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । उक्त खुलासापछि सामाजिक संजालमा पीडकलाई कारवाहीको माग भइरहेको छ। 

बलात्कार गर्नेका साथै किशोरीले घटनाबारे जानकारी दिएको तर उनलाई सहयोग गर्न अस्वीकार गरेकालाई पनि कारवाहीको माग भइरहेको छ। मलाई यौन शोषण गर्नेको कार्यालयमै गएको दिन मैले कोरियोग्राफरलाई फोन गरेकी थिएँ तर मलाई किन भन्छेस् भन्दै उल्टै हप्काएर फोन राखिदिइन्’ उनको भनाइ छ । 

उक्त प्रतियोगिताको कोरियोग्राफी गरेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमार्फत माफी मागेकी छिन् । त्यसैगरी फोटोग्राफी गरेका श्रीधर पौडेलले मोडलिङ एजेन्सीले बोलाएकाले व्यावसायिक रूपमा फोटो खिचेको र त्यसबापतको पारिश्रमिक लिएको बताउँदै मिडियामा उनले कानूनी उपचारमा पीडितलाई सघाउन आफू तयार रहेको बताएका छन् । 

उक्त प्रतियोगिता भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डेले आयोजना गरेका थिए । यो भिडियो सार्वजनिक भएपछि भने उनी सम्पर्कविहीन छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ