arrow

मेयर कार्कीले पदभार ग्रहण लगत्तै गरे कागेश्वरी मनोहरामा चार मुख्य निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
upendra-karki-mayor-manohara-kageshwori.jpg

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका उपेन्द्र कार्कीले पदभार ग्रहण लगत्तै चार वटा महत्वपूर्ण निर्णय गरेका छन् । उनले आम मतदाता र नगरबासीहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनका चार निर्णयमा जनअपेक्षा, स्वास्थ्य, शिक्षा र पिउने पानी प्रमुख प्राथमिकतामा परेका छन् । यी हुन् कागेश्वरी मनोहरा नगरपलिकाको नयाँ  पदभार लगत्तै कार्यपालिकाले गरेका चार निर्णयहरु–

१, मिति २०७९–०१–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यस कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाई हामीलाई निर्वाचित गराउनु भएकोमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै आम मतदाता तथा नगरबासीहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्ने। 

२, यस नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा सञ्‍चालनमा रहेका प्रारम्भिक बालविकास (ईसीडी) कक्षाहरुलाई समान स्तरमा सञ्‍चालन गर्नलाई शैक्षिक सामग्री लगायत पूर्वाधारयुक्त बनाउनको लागि नगरपालिकाले आवश्यक बजेट सहितको व्यवस्था गर्ने। 

३, यस नगरपालिका भित्र रहेका जेष्ठ नागरिकहरुलाई मधुमेह, उच्च रक्तचाप तथा निमोनियाको खोपलगायतका स्वास्थ्य परिक्षणसहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन घर घरमा नै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाउने र सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई नियमित स्वास्थ्य परिक्षण तथा उपचार सेवा विद्यायलमा नै निःशुल्क उपलब्ध गराउने।

४, यस नगरपालिकाभित्र सञ्‍चालित खानेपानी समस्यलाई निराकरण गर्नका लागि आगामी पाँच वर्ष भित्र प्रत्येक घरमा स्वच्छ खानेपानीको एक धारा उपलब्ध गराउनको लागि विद्यमान खानेपानी आपूर्तिको अवस्था, उपलब्ध वैकल्पिक व्यवस्था र श्रोत समेतको पहिचान गरी कागेश्वरी मनोहरा बृहत खानेपानी आयोजना संचालन गर्नको लागि सम्भाव्यता अध्ययन गर्ने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ