arrow

जनप्रतिनिधिलाई गगनले भने - तपाई मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
gagn-thapa1.JPG

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको जनप्रतिनिधिको मूल्याङ्कन पार्टीले गर्ने बताएका छन् । भक्तपुरका निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा महामन्त्री थापाले निर्वाचित जनप्रतिनिधि मेयर साहेब नभई नगर प्रमुख भएको नभुल्न सम्झाए । 

महामन्त्री थापाले भने, “अब स्थानीय तहको जनप्रतिनिधिको मूल्याङ्कन पार्टीले गर्छ, तपाई मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईँले गर्नुपर्ने कति काम गरे र गर्नै नहुने कति काम गरे कि भएन, त्यसको मूल्याङ्कन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्याङ्कन रिपोर्ट कार्डको व्यवस्था गरेको छ ।” 

 कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने उनले बताए । महामन्त्री थापाले भने, “जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय तहको निर्वाचनले गरेको छ, यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धि र सफलता प्राप्त गरेको छ, अब आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग्नुस् ।”

एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो । उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए । स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको उनको भनाइ थियो । 



नयाँ