arrow

खानेपानी संस्थान कर्मचारी संघमा धमला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
Kedar Dhamala.jpg

पोखरा । नेपाल खानेपानी संस्थान कर्मचारी संघको अध्यक्षमा केदार धमला निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न सातौं केन्द्रीय महाधिवेशनले धमलालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

धादिङ निवासी धमला पोखरा शाखामा कार्यरत छन् । उनी यसअघिको कार्यकालमा महासचिव भएर काम गरेका थिए । महाधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा राजु बस्नेत, महिला उपाध्यक्षमा डम्बरी महरा, पूर्व उपाध्यक्षमा सुधिर सिंह र पश्चिम उपाध्यक्षमा सजन केसी निर्वाचित भए । 

यस्तै, संघको महासचिवमा पदमहरि राई, सचिवमा अजय कुमार प्रसाइँ र सुरेन्द्र पाण्डेय र कोषध्यक्षमा शान्ति ज्ञवाली निर्वाचित भएको निर्वाचन संयोजक त्रिदिपकुमार श्रेष्ठले जानकारी दिए ।

संयोजक श्रेष्ठका अनुसार संघको सदस्यहरुमा हरि अधिकारी, नवराज भट्ट, अनुजा अर्याल, विनिता श्रेष्ठ, वीरेन्द्रकुमार सिंह, गणेश शाह, राजेश बर्मा, हरिप्रसाद भट्टराई, प्रेम ओली, विमल पौडेल र रोशन पोखरेल रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ