arrow

एमालेले कहिले लोकप्रिय मत पायो ? – डा. मिनेन्द्र रिजाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
dr-minendra-rijal-2079-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजयको कुण्ठा नेपाली कांग्रेसलाई नपोख्न आग्रह गरेका छन् । 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदा उनले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न आग्रह गरेका हुन् । 

आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको बताए । 

कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि धेरै प्रतिशत मत नल्याएको भन्दै रिजालले आगामी निर्वाचनको तयारी गर्न ओलीसहित एमालेलाई आग्रह गरे । 

उनले भने, ‘कुन्ठा नपोख्नुस् । यसपालिको हारलाई स्वीकार्नुस् । कांग्रेसले ३२८ पालिकाको नेतृत्व गर्छ कम्तीमा । कांग्रेसले २६५८ वडाको नेतृत्व गर्छ । दुःख लागे पनि । आफूले आफूलाई हेर्नुस् ।’

उनले अगाडि भने, ‘कांग्रेसले वडामा ३४.३ प्रतिशत मत पाएको छ । लोकप्रिय मतको लामो कथा सुन्यौं । आन्दोलनमा लागेका नेताहरुलाई गाली गरेको  पनि सुनियो । अहिलेसम्म कहिले एमालेले लोकप्रिय मत पायो ?’ अहिलेसम्मका निर्वाचनमा कहिल्यै पनि एमालेले कांग्रेसलाई मतमा जित्न कसकेको डा. रिजालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ