arrow

बोतल–जारका उपभोक्तालाई नयाँ नियम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
285225241_1435506923567457_2508883775081510579_n.jpg

काठमाडौँ । बोतल तथा जारको पानीका उद्योगी तथा उपभोक्ताहरूका लागि नयाँ नियम लागू गरिएको छ । नेपाल बोतल वाटर उद्योग संघले बोतल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम बिहीबारदेखि लागू गरेको हो । 

पानीको गुणस्तर मापदण्ड पूरा गरेका पानीमा मात्रै स्टिकर टाँसिने भएकाले स्टिकर टाँसिएका बोतल तथा जारको पानी मात्रै प्रयोग गर्न संघले आग्रह गरेको छ । 
पार्टीको गुणस्तरमाथि पटक पटक प्रश्न उठेकाले गुणस्तरहित पानीको बिक्री वितरण न्यूनिकरण गर्न संघले स्टिकरको व्यवस्था गरेको संघका अध्यक्ष ध्रुव गौतमले जानकारी दिए । 

संघले संसदीय समिति र सरकारका विभिन्न निकायहरूसँग समन्वय गरेर गुणस्तर परीक्षण गरी स्टिकर टाँस्ने व्यवस्था बिहीबारदेखि शुरु गरेको उनले बताए । 

संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव गोकुल थापाले गुणस्तर परीक्षण नगराएका वा गुणस्तर परीक्षण गर्दा मापदण्ड पुरा नगरेकाहरुले स्टिकर टाँस्न नमिल्ने जानकारी दिए । 

‘गुणस्तरको मापदण्ड पूरा गरेका कम्पनीहरूलाई ‘बारकोड स्टिकर’ दिएका छौं,’ मापदण्ड पूरा नगरेकाहरुले पाएका छैनन्’, उनले भने । 

सङ्घमा अहिले काठमाडौँ उपत्यकाका मात्रै १ सय ८२ पानी कम्पनी आबद्ध रहेको र ती सबैको पानी परीक्षण हुने गरेको उनले बताए । 
 
गुणस्तर परीक्षण गरिएकामध्ये केही उद्योगको पानी गुणस्तरहित देखिएको जानकारी दिँदै उनले त्यस्ता उद्योगलाई स्टिकर नदिइएको स्पष्ट पारे । 
 संघका अध्यक्ष गौतमले कुनै जार वा बोतलको पानीबारे कुनै गुनासो वा उजुरी भएका प्रमाणसहित सङ्घमा जानकारी गराउन पनि आग्रह गरे । 

‘हामी जसरी हुन्छ, पानी उद्योगलाई जिम्मेबार, व्यवस्थित र विश्वसनीय बनाउन चाहन्छौँ, त्यसका लागि पानीको गुणस्तर परीक्षण गरी बारकोड स्टिकर टाँस्ने व्यवस्था गरेका हौँ’, अध्यक्ष गौतमले भने । 

संसदीय समितिको निर्देशन अनुसार संघले एक लिटरको बोतलको पानीको अधिकतम मूल्य २० रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम मूल्य ५० रुपैयाँ तोकिएको पनि अध्यक्ष गौतमले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ