arrow

यूरोपेली सङ्घद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध

logo
एएफपी,
प्रकाशित २०७९ जेठ २० शुक्रबार
europe-union-russia-oil.jpg

ब्रसेल्स। यूरोपेली सङ्घले रुसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय शुक्रवार गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर सङ्घले दबाब दिएको हो।

रुसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि सङ्घले शुक्रवार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ।

यसअघि २७ देशले रुसी उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन्। त्यसको जवाफमा रुसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

रुसले यूक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन्।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ। इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो।



लोकप्रिय समाचार
नयाँ