- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युक्रेनमा भारतको नीतिलाई आकार दिने मुख्य कारक भनेको चीनसँगको सम्बन्धमा सन्तुलनकर्ताको रूपमा रूसको भूमिका भएको इटालियन थिंक ट्याङ्क इन्स्टिच्युट फर इन्टरनेशनल पोलिटिकल स्टडीजले जनाएको छ ।
रुस भारतको महत्त्वपूर्ण हतियार र ऊर्जा आपूर्तिकर्ता हो। नयाँ दिल्लीसँग रुसको सम्बन्ध लामो समयको नतिजा हो। डोकलाम प्रकरण र गलवान उपत्यका झडपको समयमा समेत रूस भारत चीन (आरआईसी) फ्रेमवर्कलाई जारी राख्नमा केन्द्रित रूस तटस्थ रहेको थियो ।
भारत चीनसँग उल्लेखनीय रुपमा सीमा विवादमा सम्बद्ध छ । बेइजिङले बढ्दो र बारम्बार एकतर्फी रूपमा सीमा विवाद पुनर्संरचना गर्न खोज्नुको परिणाम स्वरूप २०२० को गलवान द्वन्द्वलाई हेरिएको छ ।
आरआईसी फ्रेमवर्कले द्वन्द्वपछि संवादको माध्यमको रूपमा भारतप्रति रूसको दृष्टिकोणलाई प्रस्तुत गरेको छ ।
अर्को मुख्य पक्ष भनेको 'कनेक्ट सेन्ट्रल एसिया नीति'को लागि गेटवेको रूपमा रूसको भूमिका हो। भारतले मध्य एसियाली राष्ट्रहरूसँगको सम्बन्धलाई मजबुत बनाउन प्रयास गरिरहेको छ। चीनले यस क्षेत्रमा आफ्नो पदचिह्न विस्तार गरिरहेका कारण भारतका लागि यो महत्त्वपूर्ण छ ।
रुसले पनि महत्त्वपूर्ण क्षेत्रीय शक्तिको रूपमा काम गर्नमा प्रमुख भूमिका खेल्छ। अन्तर्राष्ट्रिय उत्तर दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) जस्ता पूर्वाधार उद्यमहरू भारतलाई उत्तरी युरोप, मध्य एसिया र काकेशससँग जोड्नमा केन्द्रित छन्।
आईएनएसटीसी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) भन्दा निकै अघिको सोच एवं योजना हो । इरान, रुस र भारत बीच २००० मा हस्ताक्षर भएको यो योजनामा पछि ११ राष्ट्रहरू सम्मिलित भएका थिए ।
हिन्द महासागरलाई पर्सियन गल्फ र क्यास्पियन सागरसँग जोड्ने लक्ष्यका साथ भारतबाट रुसदेखि युरोपसम्म चल्ने ७२०० किलोमिटरको बहु मोडल ट्रेड कोरिडोर निर्माण गर्नुको विशेष महत्त्व त छ नै साथै यसले दिल्लीको आर्थिक व्यापार महत्त्वाकाङ्क्षालाई नयाँ उचाइ दिएको छ ।