arrow

दक्षिण कोरियामा कोरोनाका संक्रमित घटे

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ २३ सोमबार
corona-south-korea-2020.jpg

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरुको संख्या प्रतिदिन घटेको बताइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा ५ हजार २२ जनामा यो संक्रमण देखिएको छ ।

यसअघि अघिल्लो दिन ९ हजार भन्दा केही बढी देखिएका संक्रमितहरु सोमबार गएको २४ घन्टायता घटेका हुन् । यहाँ त्यो भन्दा अघिल्लो दिन अर्थात् शनिबारमा मात्र पनि कम्तीमा १२ हजार जनामा कोरोना भाइरसको संक्रमण पाइएको समाचारमा जनाइएको थियो ।

यहाँ पछिल्लो केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो । दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ संक्रमितको संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ८१ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ