arrow

टाटा मोटर्स कारको शोरुम भैरहवाको पद्सारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
Tata Motors - Bhairahawa-4.jpeg

भैरहवा । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो महत्वपूर्ण शोरुम भैरहवाको पद्सारीेस्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्स प्रालिको उद्घाटनबाट शुरु गरेको छ ।

टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्रको भैरहवामा उद्घाटनबाट शुरु गरेको हो । 

सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधि र एम्रल्ड मोटर्सका अध्यक्ष योगेश घिमिरे लगायतको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।  

टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्घता अनुुसार आफ्नोे संजाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको जानकारी प्राप्त भएको छ । 

टाटा मोटर्स शोरुम कम्पनीको डिलरशिप मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको र ग्राहकलाई सुविधाजनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित रहेको सिप्रदीले जनाएको छ । 

टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिप कर्मचारीहरूलाई तालिम दिइएको र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिने जनाइएको छ ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने जनाइएको छ ।

सिप्रदीका अन्य सेवा सुबिधा का साथै कुनै सुझाव भएमा टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा पनि सम्पर्क गर्न सकिने सिप्रदीले जानकारी दिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ