arrow

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री 

logo
एजेन्सी,
प्रकाशित २०७९ जेठ २८ शनिबार
choe-son-hui-north-korea-foreign-minister.jpg

प्योङयाङ। उत्तर कोरियाले दिग्गज कूटनीतिज्ञ चो सन–हुईलाई पहिलो महिला विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ। प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको र त्यस्ता परीक्षण रोक्ने अमेरिकी आह्वानलाई बेवास्ता गरिरहेका बेला पहिलो महिला विदेशमन्त्री नियुक्त गरेको हो।

यसअघि उपविदेशमन्त्रीका रूपमा काम गरिसकेकी चोले नेता किम जोङ उनको निरीक्षणमा भएको सत्तारुढ दलको बैठकमा विदेश मन्त्रालयको नेतृत्व गर्ने अनुमान गरिएको थियो। उनले री सन ग्वनलाई विस्थापित गरेकी हुन्। पूर्वसैन्य अधिकारी ग्वन  एक कट्टर नेता हुन्। उनले दक्षिण कोरियासँग भएको वार्ताको नेतृत्व गरेका थिए।

चो धाराप्रवाह अङ्ग्रेजी बोल्छिन्। केही वर्षअघि उत्तर कोरियाको अमेरिकासँग आणविक वार्ताको क्रममा उनी किमको नजिकको सहयोगीको रूपमा थिइन्। उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दा चो किमको कूटनीतिक सहयोगीको भूमिकामा थिइन्।

सन् २०२९ को फेब्रुअरीमा हनोइमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको असफल वार्तापछि एउटा दुर्लभ पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। वार्ता विफल हुनुमा अमेरिकालाई दोष लगाएकी थिइन्। ‘हाम्रो प्रस्ताव अस्वीकार गरेर उत्तर कोरियाले सुनौलो मौका गुमायो’, उनले त्यति बेला भनेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ