arrow

बागमतीमा ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ असार १ बुधबार
sssss.jpg

हेटौंडा  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि कुल ७० अर्बको अनुमानित बजेटको सार्वजनिक गरेका हुन् ।

सरकारको आव २०७९–०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेट मध्ये चालुतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजिगत तर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा सरकारले रत्ननगरमा आर्युवेदिक औषधि उत्पादन केन्द्र संचालन गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । बागमती प्रदेशको राजधाी हेटौंडामा भौतिक संरचना निर्माण गर्न, अरु पूर्वाधार निर्माण गर्नका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । यसैगरी हेटौंडा चक्रपथ निर्माण गर्न र सुविधा सम्पन्न बनाउन लागि एक अर्ब पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक सञ्चालन गर्न १८ करोड २७ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै बागमती प्रदेश सरकारले हेटौंडामा निर्माणधिन दुग्ध पाउडर प्लान्ट संचालनमा ल्याउने भएको छ भने काभ्रेमा मिनी दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ। त्यस्तै सरकारले यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानहरू बाहेक सबै अनुदान खारेज गरेको छ ।

त्यस्तै प्रदेशका ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै सरकारले आउँदो आर्थिक वर्षलाई घुमफिर बर्षका रुपमा बजेट तय गरिएको जनाएको छ भने प्रदेशमा नमुना समाजवादी कार्यक्रम संचालन गर्ने भएको छ । सरकारले नमुना समाजवादी कार्यक्रमको लागि २५ करोड बजेट विनियोजन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ