arrow

पुटिनको आक्रोश, भन्छन् –मास्कोमाथिको प्रतिबन्ध पागल र विचारहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
putin-russia-ill.jpg

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरुले मास्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचारहीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्प्णी गरेका छन् । 

सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुसविरुद्धको आर्थिक प्रतिबन्ध शुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन । ’

रुसमाथिको प्रतिबन्ध  प्रतिबन्ध लगाउनेहरुका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् ।

सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने दाबी गरे ।

रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ । गत फेब्रुअरी २४ देखि जारी आक्रमण अझै रोकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ