arrow

युक्रेन द्वन्द्वकै बीच राष्ट्रपति पुटिन विदेश भ्रमण गर्दै

logo
एएनआई,
प्रकाशित २०७९ असार १३ सोमबार
vladimir-putin-russia.jpg

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहरू-ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो।

रोसिया-१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको उल्लेख गरेका छन्।

त्यसै गरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन्। राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि  हुन्। यसै गरी अस्गाबातमा उनले अजरबैजान, काजकिस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरू सहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको पनि जारुबिनले बताएका छन्।

युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्को माथि लगाइएका थुप्रै प्रतिबन्धहरू पछि सार्वजनिक भएको छ।

यस बाहेक, जर्मनीमा हुन लागेको जी७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ।  जी७ शिखर सम्मेलनको सन्दर्भमा बभेरियन आल्प्समा भेला भएका विश्वका धनी राष्ट्रहरूका नेताहरूले युक्रेनलाई वार्ताको मुख्य विषयका रूपमा प्रस्तुत गर्ने सङ्केत गरिसकेका छन्।

यसै बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएका छन्।  सुन रुसको लागि दसौँ अर्ब डलरको ठुलो निर्यातको वस्तु हो।

यसअघि पनि बाइडेनले ट्विट गर्दै  "संयुक्त राज्य अमेरिकाले पुटिनलाई युक्रेन विरुद्धको युद्धको लागि आवश्यक पर्ने ठुलो रकम उठाउने निर्यात हुने वस्तुहरू माथि प्रतिबन्ध लगाइसकेको' सङ्केत गरेका छन्। त्यस्तै जी७ देशहरूले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने पनि बताउँदै आएका छन्।

रुस विरुद्धका यस्ता कदमहरू सुरुमा बेलायतले सार्वजनिक गरेको थियो। नाम नछाप्ने सर्तमा एक वरिष्ठ अमेरिकी प्रशासन प्रतिनिधिले पत्रकारहरूलाई बताए अनुसार जी७ ले मङ्गलवार सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्नेछ।

जर्मन चान्सलर ओलाफ स्कोल्जसँग राष्ट्रपति बाइडेनको बैठकको विषय युक्रेन वार्ता हुने सङ्केत ह्वाइट हाउसले गरेको छ। "नेताहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन्। साथै युक्रेनलाई रुसी आक्रमणबाट लोकतन्त्रको रक्षा गर्न मद्दत गर्न सैन्य, आर्थिक, मानवीय र कूटनीतिक समर्थनको निरन्तरतालाई जोड दिएका छन्," ह्वाइट हाउसको  विज्ञप्तिमा भनिएको छ।

त्यस्तै विज्ञप्तिमा नेताहरूले विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षामा युक्रेनमा रुसको युद्धको प्रभावलाई कम गर्ने प्रयासहरूबारे पनि छलफल गरेको बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार (स्थानीय समय) अनुसार समूह अफ सेभेन (जी७) का नेताहरूलाई रुसमाथि तीव्र प्रतिबन्धका लागि पश्चिमी राष्ट्रहरूलाई दबाब दिने छन्।

ऊर्जाको बढ्दो लागत, विश्वव्यापी खाद्यान्न अभावको डर र युद्धको थकानले द्वन्द्व अब कता जान्छ भन्ने चिन्ताको विषय बनेको छ।

जेलेनेस्कीले यस हप्ताको म्याड्रिडमा नाटो शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने योजना बनाइरहेका छन्। मस्कोमा तीव्र प्रतिबन्ध र रुसी आक्रमणकारीहरूलाई पराजित गर्न थप हतियारको व्यवस्थाका लागि पश्चिमलाई दबाब दिइएको सीएनएनले उल्लेख गरेको छ।

रुसले तत्कालीन युक्रेनी भूभाग (क्रिमिया) गाभेपछि सन् २०१४ मा जी८ बाट रुसलाई निष्कासन गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ