arrow

राष्ट्र संघबाट रुसलाई निष्कासन गर्न आह्वान, पुटिनलाई आतंकवादीकाे बिल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
ukraine-missile.JPG
तस्बिर– फाइल

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी शहर क्रेमेन्चुकमा रुसी क्षेप्यास्त्रले एक हजार भन्दा बढी मानिस भएको सपिङ सेन्टरलाई ध्वस्त पारेको दुई दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'आतंकवादी' बनेको आरोप लगाएका छन् । 

रुस र युक्रेनबीच चार महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । युद्धका कारण लाखौं मानिसहरू विस्थापित भएका छन् अथवा देश छोड्न बाध्य भएका छन् । यस युद्धले हजारौंको ज्यान लिइसकेको छ।

यसबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई एक भिडियोमार्फत सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विशेष गरी बाल्टिक गणतन्त्रहरू, पोल्याण्ड, मोल्डोभा र काजखस्तानलगायतका युरोपेली एवं एसियाली राष्ट्रलाई क्रेमलिनको आतंकवादी कारबाहीबाट रोक्न न्यायमा ल्याउनुपर्ने बताएका छन् ।

'रुसलाई हत्याको प्रकोप गर्नबाट रोक्न हामीले तुरुन्तै सबै कुरा गर्न आवश्यक छ,' जेलेन्स्कीले भनेका छन् । जेलेन्स्कीले हरेक दिन आतंककारी हमलाहरू गरेको भन्दै पुटिन आतंकवादी बनेको आरोप लगाएका छन् ।

जेलेन्स्कीले संयुक्त राष्ट्र बडापत्रको धारा ६ उद्धृत गरेका छन् । जसमा वर्तमान बडापत्रमा रहेका सिद्धान्तहरूको लगातार उल्लंघन गर्ने सदस्यलाई सुरक्षा परिषदको सिफारिसमा महासभाले संगठनबाट निष्कासन गर्न सक्ने विषय उल्लेख छ ।

तर रूस संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य एवं भेटो शक्ति भएका कारण यो सम्भव भने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ