arrow

पुटिनले बाइडेनलाई बधाई नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
bidenputin-putin-biden.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबारको अमेरिकी स्वतन्त्रता दिवसमा आफ्ना समकक्षी जो बाइडेनलाई मस्कोप्रति वाशिंगटनको 'अमैत्रीपूर्ण' कार्यका कारण बधाई नदिने क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकार सम्मेलनमा बोल्दै  भनेका छन्,'संयुक्त राज्य अमेरिकाको अमैत्रीपूर्ण नीतिहरू कारण यस वर्षको बधाईलाई सायद उपयुक्त मान्न सकिँदैन।'

सोमबार अर्थात् आज जुलाई ४ मा अमेरिकाले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । सन् १७७६ को जुलाई ४ मा अमेरिकाले ग्रेट ब्रिटेनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका लगायतका पश्चिमा मुलुकहरुले कडा प्रतिबन्धसहितको प्रतिक्रिया दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ