arrow

जसपाबाट बाहिरिन लागेका बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आब्हान गरेका छन् । अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने । 

उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ । आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीन जना मन्त्रीलाई फिर्ता बोलाएर आफू निकटका मात्रै तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाएपछि जसपा नेपाल थप विवादमा भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

उनी जसपाबाट बाहिरिने तरखरमा रहेको पनि बताइएको छ । उनको समूहलाई वीरगञ्जको बैठकमासमेत आमन्त्रण गरिएको छैन । अहिले सरकारमा चार जना मन्त्रीहरु जसपाबाट छन् । सबै उपेन्द्र यादवकै पक्षका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ