- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूलाई रुस-युक्रेन युद्धमा सामेल हुन चुनौती दिएका छन् । बिहीबार राष्ट्रपति पुटिनको यस्तो अभिव्यक्ति आएको हो ।
पुटिनले भनेका छन् - यदि पश्चिमी देशहरूले युक्रेनलाई समर्थन गर्न चाहन्छन् भने युद्धमा सामेल होउन्। उनले रुसलाई युद्धमा हराउन चाहनेले युद्धमा आउनुपर्ने बताए । उनलेले भने- यदि पश्चिमी देशहरूले रुसलाई युद्धमा हराउन चाहन्छन् भने प्रयास गर्न सक्छन् ।
रुसी राष्ट्रपतिले युक्रेनका जनताप्रति समवेदना पनि व्यक्त गरेका छन् । उनले भने–पश्चिमी देश आफैँले युक्रेनका जनतालाई युद्धमा सामेल नभई लड्न दबाब दिइरहेका छन् । युक्रेनविरुद्धको युद्धमा शान्ति कायम राख्ने कुरा पनि औँल्याए ।
यससँगै पश्चिमा देशलाई पनि चेतावनी दिएका छन् । पुटिनले भने, ‘हामी शान्तिको विरुद्धमा होइनौँ, तर जो यसको विरुद्धमा छन्, उनीहरूले यो कुरा बुझ्नुपर्छ कि पश्चिमा मुलुकको हस्तक्षेप जति बढ्दै जान्छ, शान्ति कायम राख्न त्यति नै गाह्रो हुन्छ ।