arrow

भारत, इजरेल, यूएई र अमेरिकाबीच नयाँ 'क्वाड' खडा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
i2u2-summit-india-israel-uae-usa.jpg

काठमाडौं। भारत, इजरेल, संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको गठबन्धन (I2U2) को राज्य र सरकार प्रमुखबीचको पहिलो बैठकसँगै विशेष महत्वका साथ अघि बढेको छ। बिहीबारको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरेली प्रधानमन्त्री यायर लापिड, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान र अमेरिकी राष्ट्रपति जो बाइडेन भर्चुअल रुपमा सहभागी भएसँगै आईटूयूटूले एक नयाँ महत्वपूर्ण स्थान बनाउँछ।

अमेरिकी राष्ट्रपति जो बाइडेन मध्यपूर्वका भ्रमणका क्रममा रहेका बेला आईटूयूटूले पहिलो शिखर सम्मेलन थालेको हो। बिहीबार यो सम्मेलनमा यूएईको लगानीमा भारतमा कृषि पार्कहरू स्थापना गर्ने योजनासहितको २ अर्ब अमेरिकी डलरको अनावरण आईटूयूटूको सम्बन्धमा महत्वपूर्ण कदम हुनेछ। यसमा इजरेलले प्राविधिक विशेषज्ञता र अमेरिकी निजी क्षेत्रबाट केही सहयोग हुने भएको छ।

भारत, इजरेल, संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्सबीचको यो नयाँ सहकार्य गर्ने शैलीको गठबन्धनलाई पश्चिम एसियाली क्वाडको संज्ञासमेत दिन थालिएको छ। आईटूयूटूले पानी, ऊर्जा, यातायात, अन्तरिक्ष, स्वास्थ्य र खाद्य सुरक्षा जस्ता छवटा पारस्परिक रूपमा पहिचान गरिएका क्षेत्रहरूमा संयुक्त लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

यसले पूर्वाधारको आधुनिकीकरण गर्न, उद्योगहरूको लागि स्वच्छ ऊर्जाको विकास गर्न, सार्वजनिक स्वास्थ्यमा सुधार गर्न र महत्वपूर्ण उदीयमान र हरित प्रविधिको विकासलाई प्रवर्द्धन गर्न निजी क्षेत्रको पुँजी र विशेषज्ञता परिचालन गर्न चाहेको भारत सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार पत्रकारहरूसँग बोल्दै आईटूयूटू शिखर सम्मेलनमा खाद्य सुरक्षा र कृषि प्रविधिको बारेमा महत्त्वपूर्ण घोषणा हुने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ