- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरु वादी र प्रतिवादीजस्तो गरेर बोल्नु पर्दा चर्को असन्तुष्टि जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको वीपीनगर, सानेपामा शनिबार बसेको बैठकमा उपसभापति गुरुङले नेताहरुबीच आरोप प्रत्यारोप चलेपछि उनले असन्तुष्टि जनाएका हुन् ।
सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले डा शेखर कोइराला पक्षका नेताहरुमाथि दवावपूर्ण व्यवहार गर्न थालेपछि उपसभापति गुरुङले मुख खोलेका हुन् । उनले बैठकमा स्पष्ट पार्दै भने, ‘सभापतिको हात बलियो बनाउने भनेको वैचारिक बहसले हो । तर बलियो बनाउने नाममा कचौरामा तेल बोकेर पाखुरामा लगाउन सकिँदैन ।’
उनले पार्टी महामन्त्री एवं सांसद गगनकुमार थापामाथि पटक पटक देउवा पक्षीय नेताहरुले आक्रमण गर्न थालेपछि उनी आक्रोशित भए । पार्टीलाई पटक पटक पार लगाएका गगन थापालाई देखाइदिन्छौं भन्नेलाई प्रश्न गर्दै उनले भने, ‘एमसीसीलाई गगनले जसरी ब्याख्यात्मक टिप्पणीसहित पास गराउन सफल भए के तपाईहरुले सक्नुहुन्थ्यो ? सभापतिको नाकको झिँगा भगाउन खोजिएको छ । झिँगा हटाउने नाममा खुकुरी तरबार लिएर आएका छन् त्यो चल्यो भने के हुन्छ ?’
धनराजले यति भन्दै गर्दा सभापतिले प्याट्टै भने, ‘मेरो नाममा झिँगा बसेको छैन ।’
जवाफमा धनराजले पनि भनिदिए, ‘निदाएका बेलामा थाहा पाइन्न ।’