arrow

कांग्रेस सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजकमा गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
gagan-thapas.jpg

काठमाडौं । नेपाली कांग्रेसको सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजकमा पार्टी महामन्त्री एवं सांसद गगनकुमार थापा तोकिने भएका छन् । उनलाई संयोजकका लागि पार्टी पदाधिकारीको बैठकले टुंगो लगाएको हो । 

उक्त टुंगोलाई आजको केन्द्रीय कार्यसमितिको बैठकमा निर्णयका लागि पेश गरिँदैछ । पार्टीको गत मंसिरमा १४ औं महाधिवेशन भएको भए पनि अहिलेसम्म सक्रिय सदस्यता व्यवस्थापन समिति तोकिएको छैन । 

सक्रिय सदस्यता व्यवस्थापन समितिका सदस्यको टुंगो पछि लाग्ने बताइएको छ । 

पार्टीको डा. शेखर कोइराला समूहले विभिन्न समितिहरुमा सदस्यहरुको पूर्ति गरेर पार्टीलाई चलायमान बनाउन माग गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ