arrow
ADVERTISEMENT

भारत-अमेरिकाबीच नारकोटिस्क नियन्त्रण कानूनमा सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
india-usa-narcotics-agreement.jpg

नयाँ दिल्ली। भारत र संयुक्त राज्य अमेरिकाले नारकोटिक्स नियन्त्रण र कानून प्रवर्तन सहयोगको क्षेत्रमा संशोधित पत्र सम्झौता (एएलओए) मा हस्ताक्षर गरेको छ। अमेरिकी विदेश विभागले जारी गरेको एक विज्ञप्ति अनुसार ७-८ जुलाईमा नयॉं दिल्लीमा आयोजित भारत अमेरिका काउन्टर नारकोटिस वर्किङ ग्रुप (सीएनडब्ल्यूजी) को तेस्रो बैठकमा सो सम्झौतामा हस्ताक्षर गरिएको हो।

अमेरिकी विदेश विभाग अनुसार, एनसीबीका महानिर्देशक सत्य नारायण प्रधानले भारतीय प्रतिनिधिमण्डल र व्हाइट हाउसमा राष्ट्रिय औषधि नियन्त्रण नीतिको निर्देशकका वरिष्ठ सल्लाहकार केम्प चेस्टरले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। विदेश विभाग अनुसार, अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्वमा विदेश विभाग र न्याय विभागका वरिष्ठ अधिकारीहरूले गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, कानून प्रवर्तन, नीति निर्माण, औषधिको मागमा कमी र अन्य नशालु पदार्थहरूसित सम्बन्धित मामिलाको निम्ति जिम्मेवार सम्बन्धित एजेन्सीहरूका प्रतिनिधिहरूले नशालु औषधिको माग, नशालु पदार्थको तस्करी, नियामक र नियन्त्रण प्रयास, प्रवर्तन र आपराधिक जॉंचमा सहयोगसित सम्बन्धित व्यापक मुद्दाहरूमाथि विचार विमर्शमा भाग लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ