arrow

बङ्गलादेशमा हिन्दू समुदायको प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन १० मंगलबार
bangladesh-hindu-protest.jpg

ढाका। बङ्गलादेशमा हिन्दू शिक्षकहरूको लगातार भइरहेको हत्या र हिन्दू महिलाहरूसॅंग भइरहेको दुष्कर्मको घटनाको विरोधमा चटगाउॅं लगायत केही सहरहरूमा हिन्दू समुदायले प्रदर्शन भइरहेको छ। प्रदर्शनमा हजारौँको सङ्ख्यामा मानिसहरू सहभागी छन् र प्रदर्शनकारीहरूले दोषीहरू विरुद्ध कारबाहीको माग गरेका छन्।

स्थानीय समाचार पत्र हिंदू सङ्गबद्ध अनुसार, शाहबाग र सम्पूर्ण देशका हिन्दू सङ्गठनहरूले शान्तिपूर्ण प्रदर्शन गरेर नरैल साहापाडामा हिन्दुहरूमाथि भइरहेको हमलाको विरोध गरे। यस अघि बङ्गलादेशको राष्ट्रिय मानवअधिकार आयोगले साहापाडा हिंसाको निन्दा गर्दै पंथ निरपेक्ष देशमा यस्तो घटना स्वीकार्य छैन भनी बताएको छ। आयोगले गृह मन्त्रालयलाई हिंसाका घटनाहरूको जॉंच गराउने र दोषीहरू विरुद्ध कारबाही गर्ने आदेश दिएको छ।

१५ जुलाईको दिन साहापाडामा छानी छानी हिंदू समुदायका मानिसहरूको घर जलाइएको थियो। अहिलेसम्म आरोपित व्यक्तिहरूलाई पक्राउ गरिएको छैन। यो विवाद एउटा फेसबुक पोस्टलाई लिएर सुरु भएको थियो। स्थानीय मानिसहरूले उक्त पोस्ट यसै गाउॅंका एक १८ वर्षीय युवकले गरेको बताएका छन्। यसपछि, एक समुदायका प्रदर्शनकारीहरू शुक्रवारको नमाजपछि भेला भए अनि युवकको घरमा पुगेर उसको पक्राउको मागमा प्रदर्शन गरे।

हिंसाकी सिकार दीपालि रानी साहाले उनको घरका सबै बहुमूल्य सर सामग्रीहरू प्रदर्शनकारीहरूले लुटेर लिएर गएको र घरमा पनि आगो लगाइदिएको आरोप लगाएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ