arrow

बागमती प्रदेश सभाको अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
bagmati-pradesh-shava.jpg

काठमाडौं । बागमती प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

राति नै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए । आव २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरु दशौँ अधिवेशनले पारित गरेको छ । 

प्रदेशसभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो भने सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ