- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो ।
नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जाने भएपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेशका पूर्वनिर्धारित बैठकका तालिका हेरफेर गरेको हो ।
बैठकको निर्णयअनुसार प्रदेश १ को २६ गते बैठक बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको २ भदौमा बस्ने गरी बैठक सारिएको छ ।
लुम्बिनीको २४ साउनका लागि तय गरिएको बैठक २९ साउनमा बस्ने र २८ साउनका लागि तय गरिएको सुदूरपश्चिमको बैठक ४ भदौमा बस्ने गरी सारिएको प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार विशेष प्रदेशको ४ भदौ, प्रवासको ६ भदौ र सम्पर्क मञ्चको ८ भदौमा बैठक बस्नेछ ।
प्रवक्ता महराले १५ साउन दिउँसो ३ बजे बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने जानकारी दिए ।