arrow

सावित्री जिन्दल बनिन् एसियाकै सबैभन्दा धनी महिला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
shavitri-jindal-india-richest-women.jpg

काठमाडौं । भारतकी सावित्री जिन्दल एसियाकै सबैभन्दा बढी धनी महिला बनेकी छिन् । ब्लुमबर्गका अनुसार सावित्रीसँग ११.३ अर्ब डलर सम्पत्ति रहेको छ । दोस्रो स्थानमा चिनियाँ फेन होंगवे रहेकी छिन् । उनीसँग पनि ११.३ अर्ब डलर नै सम्पत्ति रहको छ । 

सन् २०२१ मा चीनकी यांग हुइयान पहिलो स्थानमा थिइन् । तर अहिले भने तेस्रो स्थानमा झरेकी छिन् । उनको सम्पत्ति ११ अर्ब डलर रहेको छ । सबैभन्दा धनीको तालिकामा भने सावित्री १६४ औं स्थानमा छिन् । भारतीय गौतम अडाणी एसियाकै सबैभन्दा धनी हुन् । ११८ अर्ब डलरको सम्पत्ति रहेको छ । उनी समग्रमा विश्वकै चौथो धनी हुन् ।

अमेरिकी एलन मस्क २६० अर्ब डलरसहित पहिलो, अमेरिकाकै जेफ बेजोस १५९ अर्ब डलरसहित दोस्रो तथा फ्रान्सका बेर्नार्ड आर्नल्ट १४६ अर्ब डलरसहित तेस्रो स्थानमा रहेका छन् । 

यी हुन् विश्वका शीर्ष पाँच सय जना डलर अर्बपति 

को हुन् सावित्री जिन्दल ?
सावित्री कहिल्यै कलेज गइनन् । उनका पतिको अचानक मृत्यु भएपछि उनले कारोबार सम्हाल्न पुगिन् । भनिन्छ जिन्दल परिवारमा अधिकार महिलाहरुले सम्हाल्छन् । घरको जिम्मेदारी पनि उनीहरुकै हुन्छ ।

जबकि पुरुषहरु बाहिरको काम हेर्छन् । सोही क्रममा सावित्रीले पतिको कारोबार सम्हाल्न निकै संघर्ष गर्न पुगिन् । उनको सन् १९५० मा भारतको असमको तिनसुकियामा भएको थियो । 

उनले सन् १९७० मा जिन्दल ग्रुपका संस्थापक हरियाणाका ओमप्रकाश जिन्दलसँग बिहे गरिन् । जिन्दल ग्रुप स्टिलसँगै कयौं क्षेत्रमा सक्रिय छ  । ओमप्रकाश र सावित्रीका नौ सन्तान छन् ।

जसमा सबैभन्दा जेठा छोरा पृथ्वीराज जिन्दल शाँ कम्पनीका अध्यक्ष हुन् । दोस्रो छोरा सज्जन जेडब्ल्यूएस कम्पनीका प्रमुख हुन् । तेस्रो सन्तान रतन कम्पनीका निर्देशक हुन् । सबैभन्दा साना छोरा नवीन ‘जिन्दल स्टिल’ का अध्यक्ष हुन् । उनी सांसद पनि भइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ