arrow

सबैले साथ दिए गगनलाई भावी प्रधानमन्त्री बनाउन सकिन्छ : विश्वप्रकाश

५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको कांग्रेसको इतिहास छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
gagan-bishwaprakash.png

झापा। नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको बताएका छन् । गृह जिल्ला झापा पुगेका महामन्त्री शर्माले सबैले साथ दिए गगन थापालाई भावी प्रधानमन्त्री बनाउन सकिने बताए । 

शर्माले ५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास रहेको बताउँदै गगनमा हिम्मत योग्यता र क्षमता भएका टिप्पणी गरे ।

शर्माले भने,' कांग्रेसमा वीपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको इतिहास छ । मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ । एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भए यो पुरा हुनेछ ।' 

कांग्रेस भित्र धेरै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ