arrow

नागपोखरीमा नाग पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
nagpanchami-nagpokhari.jpg

काठमाडौं । नागपञ्चमीको अवसरमा मंगलबार काठमाडौंको नागपोखरीमा रहेको नागको प्रतिमामा सर्वसाधारणले पूजा गरेका छन् । हिन्दू धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरि मनाइदैछ । 

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । 

तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दुःख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ