arrow

नेपाल टेलिभिजनको स्याटेलाइट भाडा प्रकरणः टेण्डर प्रकृया नै रोक्ने चलखेल विफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
nepal-television-building-ntv.jpg

काठमाडौं । नेपाल टेलिभिजनको स्याटेलाइट भाडामा लिनका लागि मागिएको टेण्डर प्रकृया नै रोक्ने चलखेल अन्ततः विफल भएको छ। सरकारी टेलिभिजन संस्था नेपाल टेलिभिजनले गत जुन १७ तारिखमा ग्लोबल टेण्डरमार्फत टेलिभिजनलाई आवश्यक पर्ने स्याटेलाइट ब्याण्डविथको लागि आव्हान गरेको थियो ।

सो टेण्डरमार्फत टेलिभिजनले आफूलाई आवश्यक पर्ने २५ मेगाहर्ज ब्याण्डको स्ट्याण्डर्ड सी ब्याण्ड स्याटेलाइट सेगमेन्ट जियोस्टेशनरी स्याटेलाइटमा आवश्यक भएको भन्दै टेण्डर गरेको थियो । टेण्डरमार्फत टेलिभिजनले आफूलाई आवश्यक पर्ने ब्याण्डविथ सस्तो मूल्यमा खरिद गर्ने योजना बनाएको थियो 

तर सो टेण्डर प्रकृया नै रोक्न शुरुवाआतदेखि चलखेल भएको थियो । टेलिभिजनले गरेको टेण्डरमार्फत हाल एपीस्टारले १,४९९अमेरिकी डलर प्रतिमेगाहर्जमा रकम हालेको छ भने अर्को स्याटेलाइट कम्पनी इन्टेलस्याटले १,६०० डलर र सबैभन्दा सस्तो मूल्य एसियास्याटले १,२५० डलरमा रकम कबोल गरेको टेलिभिजन स्रोतले जानकारी दिएको छ । 

यो मूल्यमा टेण्डर प्राप्त गर्ने कम्पनीले कर्मचारीहरुलाई तालिम दिने र अन्य प्राविधिक लगायतका खर्चहरु समेत बेहोर्नेछ । जसअनुसार एसियास्याटले सस्तो मूल्यमा टेलिकमलाई ब्याण्डविथ दिने कबोल गरे पनि अझै सो टेण्डर प्रकृया नै रद्द गरेर सिधै एपीस्टारसँग किन्नका लागिसमेत चलखेल भइरहेको टेलिभिजन स्रोतले जानकारी दिएको छ ।

तर सो टेण्डर कुनै पनि अवस्थामा रद्ध नगर्ने वर्तमान व्यवस्थापन पक्षको अडानपछि सो टेण्डर खुलाइए पनि अझै त्यसलाई रोक्ने प्रयास भइरहेको बताइएको छ । 

वर्तमान कार्यकारी अध्यक्ष समिरजंग शाहले आफू नियुक्त भएदेखि नै स्याटेलाइट ब्याण्डविथ खरिदका लागि टेण्डर प्रकृयामा जोड दिएका थिए । जसअनुसार उनले यसअघि कर बाहेक २,००० डलर अर्थात् करिब २,३०० डलरमा खरिद भइरहेको ब्याण्डविथलाई २ हजार डलरमा झार्न सफल भएका थिए।

टेलिभिजनले हाल एपीस्टार सेभेनसँग नै २ हजार डलर प्रति मेगाहर्जमा ब्याण्डविथ खरिद गरिरहेकोमा सो कम्पनीले पनि टेण्डरमा जाँदा १,४९९ डलरमा नै दिने गरी सहभागी भएको छ । तर यसअघिदेखि नै चलखेल गर्नेहरुले भने टेण्डरमा नगइ सिधै एपीस्टारसँग नै ब्याण्डविथ खरिद गर्न व्यवस्थापनलाई दबाब दिइरहेका छन् ।

अहिलेको २ हजार डलरको आधारमा हेर्दा टेण्डरमार्फत करिब ७५० डलर प्रति मेगाहर्ज सस्तो मूल्यमा टेलिभिजनले ब्याण्डविथ खरिद गर्न पाउनेछ । तर सो सस्तो मूल्यलाई रोक्ने प्रयास निरन्तर भइरहेकोमा टेलिभिजनका कर्मचारीहरुले आपत्ति व्यक्त गरेका छन् ।

नेपाल टेलिभिजनका अर्का एक अधिकारीले लामो समयदेखि ब्याण्डविथमा कमिशन खानेहरुले अहिले पनि चलखेल गरिरहेको बताएका छन् । “टेलिभिजनबाट यसअघिदेखि कमिशन खाएकाहरु नयाँ टेण्डरबाट झस्किएका छन् र प्रकृयालाई रोक्ने प्रयास गरिरहेका छन्,” उनले भने, “तर अब भने असफल हुने निश्चित छ।”

स्याटेलाइट भाडामा लिनका लागि भएका सबै खाले प्रकृया उच्च स्तरीय छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग टेलिभिजनका कर्मचारीहरुको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ