arrow

कुमारी आमालाई बच्चासहित उठाइयो अनसनस्थलबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
niharika-rajpoot-kumari-aama.jpg

काठमाडौं । न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छिन् । ‘कुमारी आमा’ को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । 

यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुनः आमरण अनशनमा बसेकी हुन् ।

१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ । 

जिल्ला अदालतले आरोपीलाई आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी उनले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् । 

उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको  उनले बारम्बार गुनासो गर्दै आएकी छिन् । 

296411896_381630570778421_4329615060255807536_n.jpg.jpg
न्याय माग्दा अन्याय
296515992_364153839226723_5661328778817764419_n.jpg.jpg
296737772_596472995417495_6038888039398590179_n.jpg.jpg
296744607_417317583712187_3171788567895930974_n.jpg.jpg
296895984_568433261675654_4169103774518203390_n.jpg.jpg
296985536_1693350701065445_8721467783488969056_n.jpg.jpg
297052257_504523421478160_7511075489356343030_n.jpg.jpg
297166317_749352532987441_2608420984058057343_n.jpg.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ