arrow

अमेरिका भन्छ –युक्रेन युद्धमा ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
pentagon.jpg

काठमाडौं । २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् । 

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीनदेखि चार सशस्त्र वाहनहरू पनि गुमाएको उनले बताए । 

युद्धको शुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी  गरेका छन् । रुसले युक्रेन विरुद्धको हमला तीब्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ