- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अविरल वर्षा सँगै आएको बाढीले काठमाडौंका उपत्यकाका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन्। काठमाडौं र भक्तपुर बीच भएर भग्ने मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।
मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ । बाढीले मानवीय क्षति गरेको छैन ।
यस्तै प्रहरी प्रभाग काँडाघारीको भवन पनि डुबानमा परेको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको छ।
खोला मासेर जग्गा प्लटिङ गरिएपछि यो दुःख आइलागेको हो । यसमा सम्बन्धित निकायले नै गल्ती गर्दै हिँडेपछि कारबाही गर्ने निकायसमेत मौन रहेको छ । जसको भोगाइ पटक पटक खेप्नु परेको छ ।