काठमाडाैं । जनैपूर्णिमा तथा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार असन बजारमा जनै तथा राखी किन्न भीड लागेकाे छ । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनैपूर्णिमाको दिन पुरोहितबाट जनै फेरिने गरिन्छ भने हातमा रक्षाबन्धन बाध्ने परम्परा रहेको छ।
साथै रक्षाबन्धनको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई हातमा राखी बाँध्ने र दाजुभाइले दिदीबहिनीलाई उपहार वा दक्षिणा दिने चलन रहेको छ ।
जनै पुर्णिमा तथा रक्षा बन्धनको अघिल्लो दिन बिहीबार असन बजारमा जनै तथा राखी किन्न भिड लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमाको दिन पुरोहितबाट जनै फेरिने गरिन्छ भने हातमा रक्षाबन्धन बाध्ने परम्परा रहेको छ। साथै, रक्षा बन्धनको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई हातमा राखी बाध्ने र दाजुभाइले दिदीबहिनीलाई उपहार वा दक्षिणा दिने चलन रहेको छ ।
तस्बिरमा बिहिबार असनमा भोलि जनैपुर्णिमा र रक्षाबन्धनको लागि भैरहेको चहलपहल।