arrow
ADVERTISEMENT

दुर्घटनामा एकै परिवारका छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
accident-1.jpg

काठमाडौं । गुजरातको आनन्दमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको  छ । तीव्र गतिमा रहेको अनियन्त्रित कारले अटो रिक्सा र मोटरसाइकललाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ 

मृत्यु हुनेमा अटोरिक्सामा सवार चार जना र मोटरसाइकलमा दुई जना रहेका छन् । कारको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा ज्यान गुमाउने सबै एकै परिवारका रहेको बताइएको छ । उनीहरू सबै जना रक्षा बन्धन पर्व मनाएर घर फर्किरहेका थिए ।

 दुर्घटनामा कार चालक  गम्भीर घाइते भएका छन् ।  उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ