arrow

गोसाइकुण्डमा डुबुल्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
gosaikunda-dubulki.jpg

रसुवा । जनैपूर्णिमा पर्व यसपटक रसुवामा भव्यताका साथ मनाइएको छ । जनैपूर्णिमाका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्रि पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान पुगे । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ भएका कारण पूजाआजा गरेर धर्मप्राप्तिका लागि महिला, पुरूष तथा ज्येष्ठ नागरिकसमेत १० हजार भन्दाबढी भक्तजन गोसाइँथान पुगेका हुन् ।
         
जनैपूर्णिमा पर्वको पावन अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बागलुङ, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सिधुली, झापा, पर्सा, बारा र रामेछाप जिल्लाबाट भक्तजन नीलाद्रि पर्वत पुगेका हुन् । 
           
समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगत्लाई बचाउनुभएका कारण हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ । 
     
पौराणिक कथनअनुसार भगवान् शिवले नीलाद्रि पर्वतको पहाडमा त्रिशूली बजारी उत्पन्न गराउनुभएको पवित्र जलले बनेको नीलो दहमा विराजमान रहनुभएको र उक्त दहमा डुबुल्की मारेपछि उकालो जाँदा लागेको थकान सबै समाप्त हुने गरेको अनुभवसमेत भक्तजनमा रहिआएको छ ।

FullSizeRender-12-08-22-07-41.jpg
गोसाइकुण्डमा जनैपूर्णिमाः आस्था, भरोसा र विश्वास
FullSizeRender-12-08-22-07-41-2.jpg
FullSizeRender-12-08-22-07-41-3.jpg
FullSizeRender-12-08-22-07-41-4.jpg
FullSizeRender-12-08-22-07-41-5.jpg
FullSizeRender-12-08-22-07-41-6.jpg
FullSizeRender-12-08-22-07-41-7.jpg
FullSizeRender-12-08-22-07-41-8.jpg
IMG_0555-12-08-22-07-41.JPG
IMG_0559-12-08-22-07-41.JPG
IMG_0562-12-08-22-07-41.JPG
IMG_0563-12-08-22-07-41.JPG
IMG_0571-12-08-22-07-41.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ