arrow

शेखर–गगन समूहलाई रचनात्मक विद्रोह गर्न सोही समूहका युवा नेताहरुको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
shekhar-samuha-2079-04-28.jpg

काठमाडौं । नेपाली कांग्रेसमा पछिल्लो समय भ्रातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकुलका ब्यक्तिहरुलाई मनोनयन गरेपछि शेखर–गगन समूहका युवा तथा विद्यार्थी नेताहरुले आफ्नै  समूहका नेताहरुले त्यसको विरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन् ।

आफ्नै समूहका नेताहरुलाई घच्घच्याइ वर्तमान पार्टी नेतृत्वको विरुद्धमा रचनात्मक विद्रोह गर्न तयार रहेको महाधिवेशन प्रतिनिधि निरन्जन थापाले बताए । लामो समय विद्यार्थी राजनीति गरेका र अहिले नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र उपत्यकाका विभिन्न क्याम्पस इकाइ सभापतिहरुले शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्धय बद्री पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी र नेविसंघ पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

निरन्जन थापा, लक्ष्मी दाहाल, पुष्कर बास्तोला, विष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा, ई. सागर पाण्डे, विश्व लामा, अधिवक्ता कौशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ