arrow

'माओवादीभित्र खुट्टा तान्ने, तँछाडमछाड र मारामार'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
prachanda-final1.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले  माओवादीभित्र एकले अर्काको खुट्टा र कसरी हराउने भन्नेमा तँछाडमछाड रहेको बताएका छन् । शनिवार एक कार्यक्रम बोल्दै प्रचण्डले भने,' हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो , के गरि हराउने हो भन्नेमा तँछाडमछाड र मारामार छ।'  

प्रचण्डले पार्टी भित्रका नेताहरूको लागि छानबिन समिति बनाउनुपर्ने अवस्था पैदा भएको बताए । उनले भने,' अहिले हामीले नेताहरूको लागि छानबिन समिति अवस्था पैदा भएको छ । जनताहरूको लागि होइन ।' 

 उनले अध्यक्षको हैसियतले पार्टी भित्रका नेताहरूलाई कसरी मिलाउने भन्ने मुख्य चुनौती पैदा भएको जिकिर गरे ।
 
उनले भने,' नेताहरू एक ढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति अहिले पनि देख्छु मैले । हाम्रो चुनौती र म अध्यक्ष भएको नाताले मेरो चुनौती नेताहरूलाई के गरि मिलाउने भन्ने चुनौती आजको मेरो चुनौती भएको मैले देख्छु । नेताहरू मात्रै एक ढिक्का हुने हो र यो पार्टीलाई फेरी नेतृत्वमा स्थापित गर्ने भन्ने हो भने जनतामा दुःख छैन ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ