arrow

कांग्रेस चुनावमा होमियो, जनप्रतिनिधिहरुको दुई दिने अभिमुखीकरण भेला हेरिटेज गार्डेनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
297168987_3294135850865600_8950465863822490131_n (1).jpg

काठमाडौं । नेपाली कांग्रेस आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । निर्वाचनमा कांग्रेसको सशक्त भूमिका प्रस्तुत गर्नका लागि आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेसले दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण दिइरहेको हो । 

आइतबारदेखि शुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । ललितपुरको होटल हेरिटेज गार्डेनमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम भइरहेको हो । 

उक्त अभिमुखीकरण कार्यक्रममा कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयाी मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागीता रहेको छ । 

कांग्रेसबाट ३२९ जना प्रमुख–अध्यक्ष र ३०१ जना उपप्रमुख–उपाध्यक्ष निर्वाचित भएका थिए ।

आगामी निर्वाचनको तयारीको रूपमा पनि कांग्रेसले यो प्रशिक्षण दिएको हो । आगामी मंसिर ४ गतेको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।

अभिमुखीकरणमा सभापति देउवासहितका पदाधिकारीले प्रशिक्षण दिनेछन् । साथै जनप्रतिनिधिहरुका गुनासा सुनेर समस्याको समाधान गर्ने प्रयास हुनेसमेत बताइएको छ । 

जनप्रतिनिधिहरुलाई विभिन्न विज्ञहरुले ज्ञान दिइरहेका छन् । विशेष गरी उनीहरुले ‘करको दर के हो ? सुशासन के हो ? आर्थिक सुशासन भनेको के हो ?’ भनेर जानकारी दिँदै यो स्थानीयको देखिने काम भएकाले कांग्रेसको ईमेज बनाउनका लागि आग्रह गरेका छन् । 

विभिन्न विज्ञहरुले कानूनी कुरासमेत बुझाएर पठाउने बताइएको छ । कुन कुरालाई प्राथमिकता दिनेसमेत बताइएको छ । 

पहिलो दिन चार वटा महत्वपूर्ण विषयमा विज्ञहरुले जानकारी दिएका छन् । जगदीश भट्टराईले राजस्वको अधिकार र वित्तीय व्यवस्थापन, सन्तोषमणि नेपालले प्राकृतिक स्रोत व्यवस्थापन र अन्तरसम्बन्ध, डा. विश्वनाथ पौडेलले स्थानीय तहको योजना तर्जुमा र संविधानविद् काशीराज दाहालले संविधान र स्थानीय सरकार संचालन र व्यवस्थापन विषयमा जानकारी दिएका हुन् । 

मंगलबार दोस्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का (साथमा डा. रुद्र शर्मा), महामन्त्रीद्वय गगनकुमार थापा (साथमा प्रताप पौडेल र ई. दिपेश विष्ट) र विश्वप्रकाश शर्मा, नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, प्रवक्ता डा प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

साथै स्थानीय सरकार, असल अभ्यास र अनुभव विषयमा आठ आठ मिनेटको समयसहित नृपबहादुर वड, भीमप्रसाद ढुङ्गाना, वंशलाल तामाङ, दिलिप प्रताप खाँड, वियजशंकर यादव, महेश खरेल, विमल राई, शेख वकिल र लेखनाथ पोख्रेलले आफ्नो भनाइ राख्नेछन् । 


 

298587922_445428910941906_7309171349001331645_n.jpg
जनप्रतिनिधिलाई अभिमुखीकरण
298718478_761080648344766_7451967235978936708_n.jpg
298524441_748894543039998_8618476533871855335_n.jpg
296947088_1692931924405798_8652807402663633706_n.jpg
298401189_552238190026223_815560580987251183_n.jpg
297241389_2012134268960348_6242796540126211360_n.jpg
298542309_767689621016671_1443129852594951690_n.jpg
298158298_739413870497613_125188738113019821_n.jpg
297168987_3294135850865600_8950465863822490131_n (1).jpg
298284332_394958242667850_7183684262166914869_n.jpg
297168987_3294135850865600_8950465863822490131_n.jpg
297789014_787442069054695_2202231609840118332_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ