arrow

कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गर्‍यौ : मन्त्री लामा

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ साउन ३० सोमबार
nima lama.jpg

बागमती । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालय अन्तरगतका कार्यालयहरुको बार्षिक समिक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले संघीय एवं प्रदेश सरकारको समन्वय स्वास्थ्यकर्मीको अथक प्रयास र नागरिकको सहयोगका कारण कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सतप्रतिशत सफलता हासिल गरेकोमा सबैलाई आभार व्यक्त गरे । 

कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षमा मन्त्रालय अन्तरगतका सबै निकायहरुलाई लक्ष्य अनुसारको प्रगति गर्ने ढंगले काम गर्न निर्देशन दिए । उनले जनतालाई स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने भन्दै उनले यसतर्फ लाग्न सबै निकाय आजैबाट कार्ययोजन अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले प्रदेशका सबै मन्त्रालयहरुको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुदायिक प्रयास आवश्यक रहेको बताए । उनले कार्यालयहरुको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार अन्तरगतका निकायहरुको काम कारवाहीबारे अनुगमन गरेको र आवश्यक सुझाव समेत दिएकाले सोही अनुसार सुधारको अपेक्षा गरिएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ