arrow

बिरालाले पाठा सारेझैं माओवादीले सार्‍यो तिथि, पदाधिकारी टुङ्गो लगाउन शनिबार फेरि बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
maobadi-kendra.jpg_1617715441.png

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको र्छैन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको छ ।

पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्यौं’ महराले भने । 

पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए । 

भ्रातृ संगठन वाईसीएलको भेलासहितका विभिन्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए । 

तर यो साता निरन्तर बैठक पछाडि धकेलिएको छ । निर्णय भएको छैन । एक माओवादी केन्द्रका केन्द्रीय सदस्यले भने, ‘हामी पनि निर्णय कुरिरहेका छौं । हाम्रा नेता को हुन्छन् भनेर चासो छ । तर बिरालाले पाठा सारेझैं ंबैठकको तिथि सारिएको छ ।’

उनले अगाडि भने, ‘चुनाव आइसक्यो । मिलेर चुनावमा होमिनु छ । गठबन्धन भन्या छ त्यसमा पनि सन्तुलन मिलाउनु छ । तर पदाधिकारी पदाधिकारी भनेर समय सारिएको छ । अलि भद्रगोल भयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ