arrow

बागमतीका सभामुखले भने- कम्युनिष्ट पार्टीको नेता भएर धर्मका कुरा गरे खुस्किएछ कि भन्न सक्छन् 

त्यत्रो ज्ञान राख्ने सभामुख मैले पहिलो चोटी देखे : वेद विद्याश्रमका प्राचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
sanu-shresthas.jpg

काठमाडौं । बाग्मती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले कम्युनिष्ट पार्टीका नेताले धर्मका कुरा गरे अरुले खुस्किएछ भन्न सक्ने बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल मानव धर्म सेवा समिति पुगेका सभामुखले यस्तो बताएका हुन् । आत्माज्ञान, ब्रह्मज्ञानका कुरा गर्दै सभामुख श्रेष्ठले भने,' म कम्युनिष्ट पार्टीको नेता भएर पनि धर्म कुरा मात्र गरे खुस्किएछ की भन्न सक्छ । त्यसो भएकाले म विज्ञानको कुरा गर्छु ।'

नेकपा एमालेको तर्फबाट सभामुख बनेका श्रेष्ठले आफू राजनीतिज्ञको साथै साधक समेत भएको बताए । उनले भने,' म एक राजनीतिज्ञ सँगै साधक पनि हुँ । ओमकारको माध्यम नै सत्यको मार्ग हो । ब्रह्मा, विष्णु र महेश इलेकट्रोन, न्यूट्रोन र प्रोट्रोन हुन् रक्षक गर्ने सृष्टि गर्ने सँघार पनि त्यही हो ।'

उनले साधनाको मार्गबाट मुक्त हुन सकिने सुनाए । उनले भने,' जब सम्म तपाईँको चित्त चञ्चल छ । त्यो तबसम्म सुन्न सक्नुहुन्न । ब्रह्ममूर्तमा त्यो ध्वनि गुन्जी रहेको हुन्छ । जसले साधना गरेको छ त्यसले अनुभूति गरेको छ । जसले अनुभूति गरेको छ त्यो मुक्ति भएको छ ।' 

उनले थपे,' धर्तीमा कृष्ण जन्मिए ज्ञान मार्ग हो । पतञ्जलिको साधनाको मार्ग हो । बुद्धको ध्यानको मार्ग हो । गोरखनाथ नानक कबीरको सुमिरणको मार्ग हो । जुनै मार्गबाट गए पनि तपाई मुक्तिको मार्गमा पुग्नुहुनेछ । त्यसैले हामीले हिन्दु भनेनौ सनातन धर्म भन्यौ । ब्रम्हज्ञान मात्र ज्ञान हो बाकी सबै यस्तै हुन् । धेरै कृष्णहरू यस संसारमा जन्मिएका छन् त्यस मध्ये मानव धर्मका प्रणेता एक हुनुहुन्छ । जसले ज्ञानको दीक्षा लिनुभएको छ वहाँहरू भाग्यमानी हुनुहुन्छ । '

नेपाल वेद विद्याश्रमका प्राचार्य केशव प्रसाद अधिकारी बागमतीका सभामुख श्रेष्ठको कुरा सुनेर अचम्ममा परे । प्राचार्य अधिकारीले भने,'कम्युनिष्ट भएर त्यत्रो ज्ञान राख्ने सभामुख मैले पहिलो चोटि देखे ।'  उनले कृष्ण प्रसाद भट्टराई जस्तै मानिस देखेको भनेर सुनाए । उनले भने कति प्रधानमन्त्री नेताहरू भए तर उनीहरू पशुपतिसम्म पुगेका छैनन् ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ